काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।
समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
आज हुने पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि शुरु हुने छ ।नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् ।
नेपाल र यूएई टी२० मा अहिले सम्म ९ पटक भिडेका छन् । जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भन चार खेलमा युएई विजयी भएको छ । पछिल्लो समय नेपालमा नै भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले युएईलाई आठ विकेटले हराएको थियो । त्यसअघि नेपाल, हङकङ र युएईबीचको टी२० सिरिजको समूह चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।
उक्त सिरिजको फाइनलमा नेपाल युएईसँग चार विकेटले पराजित भएको थियो । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४ः१५ बजेदेखि शुरु हुने छ ।यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच