![लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/lagu-aushadh-2.jpg)
काठमाडौं। नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको थियो ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।
नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
याे हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।
ब्याटिङमा नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए। अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २ रन बनाएर आउट भए ।
यस्तै अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे।
यूएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २–२ विकेट लिए भने ओमिद शफी रहमान, आयान अफजल खान र मोहम्मद फारुखले १/१ विकेट लिए ।
यूएईका ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। यस्तै, विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए।
नेपालका लागि गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच