वेस्ट ह्यामको पहिलो जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। जारोड बोवेनको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा वेस्ट हयामले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको ३४ र ४१औँ मिनेटमा बोवेनले गोल गर्दै टोलीलाई रेलिगेसन जोनबाट बचाएका हुन् ।

पछिल्लो तिन महिनामा वेस्ट ह्यामको यो पहिलो प्रिमियर लिग जित हो ।

वेस्ट ह्यामको जितले भने एभर्टनलाई दबाब बढेको छ। एभर्टन १५ अंकमा अंक तालिकाको १९औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?