राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

गोरखा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोरखा नगरपालिका पहिलो भएको हो ।

यसैगरी ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेर गण्डकी गाउँपालिका दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिका तेस्रो भएको छ ।

यसैगरी धार्चे गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ । सिरानचोक, सहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएनन् ।

खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् ।

आगामी असार २३ र २४मा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ । ‘कोरोनाका कारण दुई वर्षसम्म प्रतियोगिता गर्न सकिएन,’  अध्यक्ष बस्नेतले भन्नुभयाे, ‘छोटो तयारीका बाबजुत पनि हामीले बर्खाका बेलामा भएपनि सफलतापूर्वक प्रतियोगिता गरियो, यो ठूलो उपलब्धि हो ।’

जिल्लाबाट छनौट भएका खेलाडीहरूले प्रदेशमा उत्कृष्ण प्रर्दशन गरी केन्द्रमा समेत पुग्ने उहाँले आशा व्यक्त गर्नुभयाे । प्रतियोगितामा एथलेटिक्स, ताइक्वान्दो, कबड्डी लगायतका विभिन्न खेल खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?