प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
माण्डवी गाउँपालिका १ मुर्कुटी स्थीत छबिसे चौरमा दांगको घोराहीबाट प्यूठानतर्फ आउदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो ।
अर्का एक जना घाईते भएका छन् । दुर्घटनामा मृत्यू हुनेमा दांगको घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा दांगको घोराही उपमहानगरपालिका ८ ढिकपुका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो ।
अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच