
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहित अभियन्ता राजेन्द्रकुमार शर्मा(आरके) र खगेन्द्र न्यौपानेको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा एनआरएनए संस्थापक उपाध्यक्ष डा. डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयबारेमा छलफल गर्नुभएको थियो ।
डा. डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुनुहुन्छ । कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध गाँसिएपछि पहिलोपटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भन्नुभयो, ‘कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रमा विशेष पहल गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो ।’
प्रधानमन्त्रीले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालका लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी सम्झौता हुने जानकारी उहाँले दिनुभयो ।
प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्र्याउने भूमिकामा एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।
एनआरएनए संस्थापक डंगोल, शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरू नेपालको आर्थिक विकासमा सहयात्री बन्न सधैँ तयार रहेको र सम्मेलनमा लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच