काठमाडौं । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । तराई मधेशका जिल्लामाहरुमा तातो हावा चल्ने समेत सुरु गरेको छ ।
गर्मी बढेसँगै देशका विभिन्न ठाउँमा डढेलोका घटना पनि बढिरहेका छन् । भने वायु प्रदूष्णा पनि उच्च छ । लामो समयदेखि पानी नपर्दा किसानहरु मर्कामा परेका छन् ।
नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन, रुपन्देही कपिलवस्तु लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ ।
गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै धनगढीमा ४.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । थोरै स्थानमा पानि परेपनि देशका अधिकाशं स्थानमा पानि पर्ने सम्भावना कम हुँदा यो तापक्रम तत्काल घट्ने सम्भावना नरहेको मौसम विद्ले बताउनु भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच