![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
रुपन्देही । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति सेवा ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी छिटो छिटो भन्दा संसदबाट पारीत गरी लागु गर्नुपर्ने बताउनु भएकाे छ।
नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले संसदमा दर्ता भएको ऐनमा थुप्रै सकरात्मक विषयहरु हुँदाहुँदै पनि केही गलत प्रावधान राखि ल्याउन खोजिएकोले ती प्रावधानहरु संशोधन गरी हुनुपर्ने बताउनु भयो।
उहाँले संघ, प्रदेश र स्थानीइ तहका कर्मचारीलाई सर्व स्वीकार्य हुने गरी उक्त ऐन संसदबाट पारित गरिनु पर्नेमा कुरामा जोड दिदै तहमा कार्यरत निजामती सेवा, स्वास्थ्य सेवा, संसद सेवा र साविकका स्थानीय सेवाका कर्मचारीहरुलाई संघीय निजामती सेवाको परिभाषा भित्र समेटी एकृकित संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो।
उहाले कर्मचारीको सरुवा, पारदर्शी र रोजेको स्थानमा जान पाउने गरी हुनुपर्ने उहाको भनाई छ । कर्मचारीको सेवा सुविधामा कटौती हुनै नसक्ने भन्दै उहाँले ऐन छलफल र सुझाब ग्रहण गरेर ल्याउन सरकार र संसदको राज्य व्यवस्था समितिलाईलाई आग्रह गर्नु भयो।
कार्यक्रममा संघठनकी उपाध्यक्ष एवं प्रशिक्ष विभाग प्रमुख भवानी दाहालले नेतृत्व शैली र क्षमता विकास विषयमा प्रशिक्षण दिदै संसदमा दर्ता भएको संघीय निजामती विधेयकको रहेका ११ वटा सेवा समुहमा संसद सेवा र स्वास्थ्य सेवा थप गरी १३ सेवा समुह कायम गरेर छिटो छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्नु बताउनु भयो।उहाँले उत्कृष्ट प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा रुपन्देही संगठनलाई धन्यवाद दिनु भयो।
माक्सवादी दर्शन र नेपालको प्रशासन विषयमा प्रशिक्षण दिदै नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका स्कुल विभाग उप प्रमुख दल बहादुर गुरुङ्गले माक्सवादी दर्शनले नेपालको प्रशासनमा सकरात्मक सन्देश प्रभाह गरेको बताउनु भयो।
अर्का प्रशिक्षक राम बहादुर रावतले सकरात्मक सोच शिर्षकमा प्रशिक्षण दिदै राज्य संचालन संयन्त्रको मुटुको रुपमा रहेको निजामती प्रशासनले सकरात्मक सोच राखी सेवा प्रवाह गर्ने हो देश विकास र मुस्कान सहितको सेवा प्रवाहमा उल्लेख्य योगदान पुग्ने उल्लेख गर्दै हाल निजामती सेवामा देखिएको खस्किदो कार्य क्षमतामा उत्कृष्णता सहितको पुनरागमन हुने बताउनु भयो।
संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले संगठनका १५० जना सदस्यले प्रशिक्षण लिएको बताउँदै तालिममा सहभागीहरुलाई आफुले सिकेको कुरा व्यवहारमा उत्तारी उपलब्धि मुलक भएको आभाष दिलाउने गरी सेवा प्रवाहमा जुट्न आग्रह गर्नु भयो ।
संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रमको उपाध्यक्ष ठानेश्वर बस्यालले स्वागत र सचिव जिवन पौडेल सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालय सरुवा भई अध्यागमन विभागमा जान लाग्नु भएका संगठनका केन्द्रीय सचिवालय सदस्य दीपक शर्मा पौडेललाई फेरि भेटौला कार्यक्रम गरी विदाई गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच