
काठमाडौं । वेस्ट प्वाइन्टले तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नैकापस्थित आयोजकको हातामा भएको फाइनलमा वेस्ट प्वाइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३-० गोलले पराजित गरेको हो ।
उपाधि विजेताले ३५ हजार नगद पुरस्कारसहित आठ लाख ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्यो । उपविजेताले २० हजार नगद पुरस्कारका साथ पाँच लाख २५ हजार रुपैयाँसम्मको छात्रवृत्ति पायो । सहभागी टिमलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्यामकृष्ण महर्जनले जानकारी गराउनुभयो ।
वेस्ट प्वाइन्टका केशरजंग भुजेल उत्कृष्ट खेलाडी चुनिनुभयो । जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलरक्षक चुनिनुभयो भने वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता बन्नुभयो । कंकाली मावि, नैकापले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई श्रीलंकाको धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पिएल परेरा, चन्द्रागिरि नगरपालिका-१४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले पुरस्कृत गर्नुभएको थियोे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्वप्रमुख हरि खड्काले उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच