काठमाडौं । उपन्यास ‘चरैवेति’ उपन्यास लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आख्यानकार नयनराज पाण्डे, भुवनहरि सिग्देल, डा. अशोक थापा र उपप्राध्यापक सुमन वर्षाले उपप्राध्यापक जीवन जीवन्तको उपन्यास ‘चरैवेति’को लोकार्पण गर्नुभएको हो ।
साहित्यकार नयनराज पाण्डेले उपन्यास ‘चरैवेति’ ले नौलो विषयको उठान गर्दै धर्म परिवर्तनको वातावरणलाई समालोचनात्मक ढंगले पस्केको बताउनुभयो । डा.अशोक थापाले पुस्तकमा मानिसको जीवनमा जुनसुकै आवश्यकता, समस्यालगायतले बाधा अडचन दिए पनि निरन्तर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । यस्तै, उपप्राध्यापक सुमन वर्षाले ‘चरैवेति’ का पात्रको हुलिया, परिचयबारे कतै उल्लेख नहुँदा पाठकले उपन्यासका पात्रबारे साक्षात्कार गर्न नपाएको टिप्पणी गर्नुभएको थियो ।
पेज टर्नरका अध्यक्ष एवं आख्यानकार भुवनहरित सिग्देलले उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । लेखक जीवन जीवन्तले धर्म परिवर्तन गर्नु राम्रो वा नराम्रो भन्नुभन्दा पनि आफूले अनुसरण गर्ने धर्मको अर्थ र सन्देश बुझ्नुपर्छ त्यही कोसिस ‘चरैवेति’ मा गरिएको जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच