साहित्यकारहरू माझ ‘निरमाया’ को बिशेष शो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । साहित्यकारहरूका लागि ‘निरमाया’ को बिशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा आइतबार निरमायाको बिशेष प्रदर्शन गरेको हो । चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ ।

समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ । कला र शिपको राम्रो संयोजन रहेको यो चलचित्रमा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमुलक छ ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुनुहुन्छ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे।एन। घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारि, अनीता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रमा सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेको छ भने कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको सङ्गीत छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछाप लगायतका ठाउँमा गरिएको हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?