अहिले मेरा हातमा ‘मैले पढेका ५१ पुस्तक’ शीर्षकको पुस्तक छ र पुस्तककार हुनुहुन्छ गीता अधिकारी । वास्तवमा यो पुस्तक पुस्तकहरूको पुस्तक हो अर्थात् यो विभिन्न पुस्तकमाथि गरिएको समीक्षात्मक पुस्तकको । गीता अधिकारी लेखन, अभिनय तथा पत्रकारितामा सक्रिय नाम हो । मिलाप मासिकको प्रकाशन गर्दै आउनुभएकी अधिकारी लेखनमा समीक्षा, पर्वविशेष, नारी विचारलगायत क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यो पुस्तक उहाँद्वारा समीक्षात्मक टिप्पणी गरिएका पुस्तकहरूमध्ये ५१ वटाको सङ्ग्रह भएका कारण पुस्तकको शीर्षक नै ‘मैले पढेका ५१ पुस्तक’ भनेर राख्नुभएको छ । छरिएका समीक्षाहरूलाई समेटेर सङ्ग्रह निकालेर अधिकारीले सराहनीय कार्य गर्नुभएको छ ।
यो पुस्तक डिएमआई साइजमा प्रकाशित भएको छ र छपाइ स्तरीय छ । अशुद्धिहरू पनि कमैमात्र भेटिन्छन् । मिलाप पब्लिकेसन प्रा.लि. बागबजार प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखकमै रहेको छ । प्रथम संस्करणका रूपमा हालैमात्र अर्थात् २०८० सालमा यो पुस्तक आएको छ । पुस्तक आकर्षक छ र यसमा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । स्नेह डिजाइन एण्ड प्रिन्टमा डिजाइन भएको यस पुस्तकको भूमिका खण्ड र पाठ्य खण्डमा गरी १९२ पृष्ठ छन् । यसको मूल्य नेपाली ४०० रुपैयाँ रहेको छ भने विदेशमा युएस डलर ४ रहेको छ ।
गीता अधिकारीले एउटा प्रशंसनीय काम गर्नुभएको छ । छरिएर रहेका पुस्तक समीक्षाहरूलाई एउटा स्थूल कृति बनाउने उहाँको यो प्रयास प्रशंसनीय छ । यसका लागि समीक्षक अधिकारीलाई बधाई छ साथै पुस्तकको सफलताको कामना ।
आवरणमा अमूर्त कला रहेको छ । यो सुन्दर छ । कुनै पाठकले तल्लीनताका साथ पुस्तक पढिरहको जस्तो देखिन्छ । पृष्ठ आवरणमा समीक्षक अधिकारीको फोटोसहित चिनारी दिइएको छ । यसको तल प्रकाशक संस्था मिलाप पब्लिकेसनको लोगोसहित नाम उल्लेख गरिएको पाइन्छ । यो पुस्तक लेखक अधिकारीले आफ्ना पिता पदमप्रसाद अधिकारी र माता यमकुमारी अधिकारीमा समर्पण गर्नुभएको छ । यसमा साहित्यकार खेमनाथ दाहालको भूमिका र कृतिकार अधिकारीको ‘आफ्नै कुरा’ रहेका छन् । भूमिकामै खेमनाथ दाहालले कृतिकार र पुस्तकका बारे धेरै कुरा उल्लेख गर्नुभएको छ । यसपछि विषयसूची दिइएको छ ‘कृतिक्रम’ भनेर ।
यस पुस्तकमा समेटिएका पुस्तकका विधालाई हेर्दा कथा, कविता, उपन्यास, गीत, जीवनी, पर्वविशेषका पुस्तकहरू रहेका छन् । यसमा मौलिक तथा केही सङ्ख्यामा सम्पादित कृति तथा गीति समीक्षासमेत पाइन्छ । पुस्तकमा अमर बान्तु, खेमनाथ दाहाल, सन्तोष लामा, विमल काफ्ले, टेक तामाङ, राधादेवी पराजुली भण्डारी, रूपक अधिकारी, देविका बन्दना, सविता श्रेष्ठ ‘बेहासी’, लेखनाथ पोखरेल, जनक रावल (आर.जे), डा.डीआर उपाध्याय, डा.अवनिभूषण उपाध्याय, सुरेन्द्र महर्जन अमर गोपाल अधिकारी, हरि उप्रेती, शीतल कादम्बिनी, लय सङ्ग्रौला, सुनिता गिरी र पदम विश्वकर्माका पुस्तकहरूको समीक्षा रहेका छन् ।
यसैगरी नारद पोखरेल, महेश प्रसाईं (सम्पादन), माधवराज खरेल, नर प्रधान, हरिहर पोखरेल, विनोद दाहाल वत्स, खिमानन्द आचार्य, सन्तोष श्रेष्ठ, धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, बी.पाण्डे, गणेश श्रेष्ठ, ‘अपेक्षा, पुरुषोत्तम दाहाल तथा मदन घिमिरेका पुस्तकहरूको समीक्षा रहेका छन् । यसैगरी अन्य समीक्षाहरूमा अर्जुन दुङमेन, गणेशराज वस्ती, ताराबहादुर कुँवर, डा.अर्जुनदेव भट्ट, लेखनाथ भुसाल, चाउसेन पिङ, शशि थापा, हरिभक्त सिग्देल ‘महेश’ तथा शिव प्रधानहरूका पुस्तक रहेका छन् । खेमनाथ दाहाल, लेखनाथ पोखरेल, डा.डीआर उपाध्याय, खिमानन्द आचार्य र ताराबहादुर कुँवरका एकभन्दा बढी पुस्तकहरूको समीक्षा भएको छ ।
समीक्षक अधिकारीले यस पुस्तकमा केही विचारप्रधान कृतिहरूको समेत समीक्षा गर्नुभएको छ । महिला, पुरुष, जनजाति, खस आर्य, दलित, विदेशी, स्वदेशी सबैका कृतिहरू समेटेर उहाँले एक प्रकारले यसलाई समावेशीसमेत बनाउनुभएको छ । उहाँद्वारा गरिएका समीक्षाहरू दुई पृष्ठदेखि छ पृष्ठसम्मका छन् तापनि धेरैजसो तीन पृष्ठका वा सरदर आकारका छन् । पाठकहरूले कोही लेखकको कुनै पुस्तकबारे जानकारी राख्न चाहेका खण्डमा यही एउटै पुस्तकमा धेरै जनाको ५१ वटा पुस्तकहरू समेटिएको पाउँछ ।
अधिकारीले एउटा प्रशंसनीय काम गर्नुभएको छ । सम्भवतः यो उहाँको पहिलो कृति हुनसक्छ । छरिएर रहेका पुस्तक समीक्षाहरूलाई एउटा स्थूल कृति बनाउने उहाँको यो प्रयास प्रशंसनीय छ । यसका लागि समीक्षक अधिकारीलाई बधाई छ साथै पुस्तकको सफलताको कामना । उहाँबाट आगामी दिनहरूमा पनि यस्ता पुस्तकहरू आइरहून् त्यसका लागि पनि अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच