भिल्लारियलसँग म्याड्रिडको हार

Read Time = 2 mins

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा भिल्लारियलले पराजित गरेको छ । भिल्लारियलले म्याड्रिडलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । रियललाई पराजित गर्न भिल्लारियलका सामुइल चुकविजीले दुई तथा जोश लुइस मोरालेसले एक गोल गर्नुभयो । रियलका भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १६औँ मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट म्याड्रिडले अग्रता लिएको थियो । ३९औँ मिनेटमा सामुइल चुकविजीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

४८औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २-१ को अग्रता दिलाउनुभयो । ७०औँ मिनेटमा जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २-२ गोलको रोमाञ्चक बराबरीमा ल्याउनुभयो । ८०औँ मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियललाई ३-२ ले जित दिलाउनुभयो ।

यस हारसँगै म्याड्रिडको उपाधि जित्ने सम्भावनामा पनि धक्का पुगेको छ । दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि छ । रियलको २८ खेलबाट ५९ अंक रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंक छ । रियललाई हराएको भिल्लारियल ४७ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?