काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडकाे २६औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा साधारण सभा सोमबार सम्पन्न भएको हो ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट संस्थाकाे आर्थिक वर्ष २०७८/७९ मा भए/गरेका कार्यक्रम तथा गतिविधिहरु बारे अध्यक्ष महर्जनले प्रतिवेदन पेश गर्नुभएकाे थियाे ।
उहाँले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिनुभयाे । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी दिनुभयाे ।
साधारण सभाले आर्थिक वर्ष २०७८/७९को वित्तिय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरुसहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
साधारण सभाले आगामी चार वर्षका निम्ति छ सदस्यीय सञ्चालक समितिको निर्विरोध रुपमा चयन गरेको छ । सञ्चालकका रुपमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन आगामी चार वर्षका निम्ति चयन भएका छन् ।
वित्तिय संस्थाले हाल बाइसवटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच