बर्दघाटमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी हुने

हिमालय टाइम्स
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताउनु भयो । लुम्बिनी प्रदेश स्तरीयमा पहिलो पटक कवि गोष्ठी गर्न लागिएको र लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट कविहरु आउने हुन्छ उहाँले बताउनु भयाे ।

चैत्र देखी बैखाक २१ गते सम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालय र प्रज्ञा प्रतिष्ठिनको इमेलमा आएका ५१ वटा रचनाहरु कवि प्रतियोगितामा सहभागी हुने उहाँले बताउनुभयाे । कुनै बर्ग, लिङ्ग, जाति, धर्म र सम्प्रदाय माथी प्रहार नगर्ने गरि रचना पठाउन ३५ दिने सुचना जारी गरि रचनाहरु मागेकाे र  ३ सदस्यीय मुल्यांकन समितिले छानेका प्रथम, दोस्रो, तेस्रो र शान्त्वनालाई क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार प्रदान गरिने उहाँकाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?