दुव्यर्सनको दलदलमा युवावर्ग

विश्वनाथ खरेल
Read Time = 12 mins

संसारभरि नै लागूऔषध दुव्यर्सनको समस्या बढ्दो रूपमा भएको देखिन्छ । यसमा हाम्रो देश पनि अछुतो रहन सकेको भने छैन । यस समस्यालाई निराकरणका लागि नेपाललगायत अरू देशहरूले आ-आफ्नो क्षमताअनुसार कार्य गर्दैआएका छन् । तर, यसमा खासगरीकन विकासशील देशहरू बढी पीडित भए पनि विकसित देशहरू पनि यसको मारमा परेको देखिन्छ । यसमा विकसित देशहरूभन्दा विकासोन्मुख देशहरूमा बढी मात्रामा यस्ता दुव्यर्सनी रहेको पाइन्छ । यो किन हुन गएको भन्दा विज्ञहरूको भनाइ अनुसार ती देशहरूमा कानुन फितलोलगायत सरकारी अनुगमनको कमी, रोजगारीको अभाव, अशिक्षा, गरिबी र यस बारेको जनचेताको कमी आदि जस्ता मुख्य कारणहरू रहेको पाइन्छ ।

हाम्रो देशको कुरा गर्ने हो भने पनि विश्वका अन्य देशहरू झैँ दुव्यर्सन गैरकानुनी हो । तर, संसारका अन्य देशहरू जसरी नेपालमा पनि दिनानुदिन दुव्यर्सनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिँदैन यसको आपूर्ति ? मुलुककै विभिन्न भागमा गाँजालगायत यस्ता लागू पदार्थ खेतीमा सरकारले कुनै किसिमको कडा कानुन बनाएर लागू गर्न सकेको पाइँदैन । हाम्रा छिमेकी देशहरू लगायत अन्य मुलुकबाट आयात गरिएका लागूऔषध, हरेक दिन गल्ली-गल्लीमा बेचिन्छन् र सरकारको मौनता र गतिहीनता घृणायोग्य छ । यसर्थ लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार प्रत्येक वर्ष ११ प्रतिशतका दरले देशभर लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखाएको छ । अहिले देशभर कडा किसिमको लागूऔषध सेवन गर्ने प्रयोगकर्ताको संख्या १ लाख ४१ हजार ८ सय ३४ जना रहेको छ । सम्बन्धित क्षेत्रको भनाइअनुसार २ लाख प्रयोगकर्ता दुवर्यसनीबाट निस्कनै नसक्ने गरी फसेको जानकारी पाइन्छ ।

अवैधरूपमा सञ्चालन भएका औषधि पसलहरूमा समेत अहिले सजिलै लागूऔषध पाउने भएकाले पनि प्रयोगकर्ता बढ्दै गएका छन् । यसर्थ सम्बन्धित निकायको भनाइ अनुसार पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागू औषधको कारोबार बन्दै गएको छ ।

लागूऔषध प्रयोग गर्नेहरूमा १५ देखि २५ वर्ष उमेर समूहका युवापुस्ता बढी छन् । मूलतः सुई प्रयोगकर्ताको संख्या ५२ हजारको हाराहारीमा छ । पछिल्लो समयको टे«न्ड हेर्दा पुरुषभन्दा महिला लागूऔषध प्रयोगकर्ताको संख्या थपिँदै गएको छ । कूल लागूऔषध प्रयोगकर्ता मध्ये १० प्रतिशत महिला रहेको तथ्यांकले देखाउँछ । फलतः देशमा गाँजा, अफिम र फर्मास्युटिकल ड्रग प्रयोग गर्नेको संख्या बढी रहेको छ ।

अवैधरूपमा सञ्चालन भएका औषधि पसलमा समेत अहिले सजिलै लागूऔषध पाउने भएकाले पनि प्रयोगकर्ता बढ्दै गएका छन् । यसर्थ सम्बन्धित निकायको भनाइ अनुसार पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागूऔषधको कारोबार बन्दै गएको छ । मूलतः विसं २०३३ सालमा लागू भएको ऐन अहिलेसम्म परिमार्जित नहुँदा कामकारबाहीमा समेत समस्या छ । सुर्तीजन्य पदार्थ, मदिरा हुँदै लागूऔषधमा पर्ने गरेको देखिएको छ । यसमा पनि घरपरिवार र विद्यालयका शिक्षकहरूले गरेको धूमपान र मध्यपानको कारणले पनि युवापुस्ता अम्मली बन्ने गरेको गृह मन्त्रालयका तथ्यांकमा उल्लेख गरिएको पाइन्छ ।

त्यस्तैगरी ६० जना सरकारी विद्यालयका शिक्षकहरूमा गरिएको सर्वेक्षणमा ५० शिक्षकले मदिरा सेवन गर्ने गरेको र आधाभन्दा बढीले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको सोही मन्त्रालयले जनाएको छ । यसर्थ यी विभिन्न तथ्यांकका आधारमा घरपरिवार र विद्यालयका शिक्षकबाटै सुधारको कदम नचालिए देशमा दुव्र्यसनीको संख्या कम नहुने जिकिर गरेका छन् । यसर्थ लागूऔषधबाट छुटाउनका लागि देशभर १ सय ५० वटाभन्दा बढी पुनःस्थापना केन्द्रहरू सञ्चालनमा छन् । तर, यस्ता केन्द्रमा उपचारका लागि १० प्रतिशतमात्र दुव्यर्सनी पुग्ने गरेको सम्बन्धित क्षेत्रले बताउँदै आएको छ । सो निकायको भनाइअनुसरा नेपालमा ४ देखि ५ लाख मानिसले लागूऔषध सेवन गर्ने गरेको दाबी गर्छन् ।
यसर्थ पछिल्लो समय प्रेमीबाट १० प्रतिशत युवती औषधि सेवन गर्ने गरेको उनले बताए । यसका साथै विद्यालयस्तरमा नै लागूऔषधसम्बन्धी विषय समेटिए प्रयोगकर्ताको संख्या कम गर्न सकिने बताइन्छ । तर, लागूऔषध प्रयोगकर्तामा ६० प्रतिशत चिकित्सक र ५० प्रतिशत इन्जिनियरसमेत रहेको सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ । अन्त्यमा भन्नुपर्दा देशमा थुप्रै सुधार केन्द्र खुले पनि दुव्यर्सनीको संख्या भने दिनपरदिन झनै बढ्दो रूपमा रहेको देखिन्छ । यसर्थ सम्पन्न परिवारका मानिसमात्र नभई अन्य विपन्न परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरू यस्तै लागूऔषधको दुव्यर्सनका फसेका छन् । यसमा हेर्ने हो भने साथीसंगत, समय, चाह, फेसन, बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता धेरै परिभाषाले दुव्यर्सनलाई व्याख्या गर्न खोजिए तापनि दुव्यर्सनविरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारी किसिमले एकरूपता हुनसकेका छैनन् । जसले गर्दा मानिसलाई पहिले नशा नै जीवन जस्तो लागेको थियो रे तर सुस्तरी जीवनको खोजीमा नशामा डुब्दै जाँदा अब जीवन बिलाएर उनीहरूको पोल्टोमा नशामात्र बाँकी छ ।

यसरी लागूऔषध दुव्यर्सनको वृत्त र चरित्रहरू त हाम्रो समाजमा हामीले देख्दैआएका छौं ती विभिन्न स्वरूपका छन् । अतः पवित्र धार्मिक स्थल पशुपति क्षेत्र काठमाडौंमा नशाजन्य पदार्थ सुँघेर बेहोसीमा बसेका साना कलिला भाइबहिनीहरू देखि तारेहोटलमा नशाजन्य लागूऔषधमा पुँजीपतिसम्म, एक चिलिम गाँजा माग्दै हिँड्नेदेखि औषधि पसलमा सामान्य रोगका ओखतीहरू धेरै संख्यामा खरिद गरी सेवन गरेर सुत्नेसम्म दुव्यर्सनका स्वरूप अनेक छन् । यसको प्रयोगमा कसैले डर भगाउन त कसैले सिर्जनात्मकता बढाउन सेवन गर्ने गरेको बयान दिन्छन् तर यथार्थ त के हो भने दुव्यर्सनीले दुव्यर्सनसँगै जीवन पनि खाइरहेका हुन्छन्, छोटो अवधिमै सकिने गरी । यसरी दुव्यर्सनलाई बिमारीको रूपमा व्याख्या गरिएको पाइन्छ । यस्ता बिमारी जहाँ दुव्यर्सनीको दिमागका न्युरनेनहरू कुनै रसायन या लागूऔषधिको प्रयोगसँगै चल्दछन् । यी लागूऔषधको प्रयोगले दुव्यर्सनीको सोच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागूऔषधिहरूको उपलब्धताका लागि दुव्यर्सनी जे जस्तै अपराध या कुराहरू गर्न पछि पर्दैनन् । अतः जंकी हुने चक्करमा धेरै नेपाली छोराछोरीहरू दुव्यर्सनी हुन पुगेका छन् । यो संसारकै चित्रलाई हेर्ने हो भने लागूऔषधको कारोबारीको कार्य संस्थागत हुँदै गएर हामी सबैजना उनीहरूको व्यापार वृत्तको जोखिममा छौँ । जंकी भन्ने शब्द हामीमाझ धेरै चर्चित छ, यसको शाब्दिक अर्थ भने लागूऔषधको दुव्यर्सन गर्ने लापरबाह व्यक्ति भन्ने बुझिन्छ ।

दुव्यर्सनलाई बिमारीको रूपमा व्याख्या गरिएको पाइन्छ । यस्ता बिमारी जहाँ दुव्यर्सनीको दिमागका न्युरनेनहरू कुनै रसायन या लागूऔषधिको प्रयोगसँगै चल्दछन् । यी लागूऔषधको प्रयोगले दुव्यर्सनीको सोच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ ।

यसरी ६ वर्षको अन्तरालमा १७ हजारभन्दा बढी लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ परेका छन् । यसमा प्रयोगकर्ता बढेसँगै लागू औषध कारोबारमा संलग्न पक्राउ परिरहेका छन् । तर, यसरी पक्राउ पर्नेहरूमा मुख्य नाइकेभन्दा पनि भरियाहरू बढी रहेको प्रहरी बताउँछ । अतः प्रहरीले लागूऔषध कारोबारीको जरैसम्म पुग्ने बताए पनि अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय गिरोह भने पक्राउ पर्न सकेको छैन । यसमा सन् २०११ देखि २०१७ को तथ्यांक हेर्ने हो भने पनि कूल १७ हजार ४ सय ८४ लागूऔषध ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । त्यसैगरी सन् २०१६ मा सबैभन्दा बढी ३ हजार ६ सय ९६ जना कारोबारी पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा १ सय १३ जना भारतीय छन् भने २६ जना अन्य देशका रहेका छन् । त्यसैगरी सन् २०१७ को मार्चसम्म ७ सय ६७ जना पक्राउ परिसकेका छन् । सन् २०११ मा २ हजार १ सय ७४, २०१२ मा २ हजार ६ सय, २०१३ मा २ हजार ६ सय ७३, २०१४ मा २ हजार ९ सय १८ र २०१५ मा २ हजार ६ सय ५६ लागूऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ता पक्राउ परिसकेका छन् । यसरी कुनै पनि देशहरूले दुव्यर्सनसम्बन्धी जटिल समस्यालाई समाधान गर्नको लागि कडाभन्दा कडा ऐन, कानुनको तर्जुमा गरी युद्धस्तरमा बेलैमा सचेत भई सम्बन्धित क्षेत्रले दरिलो पाइला चाल्नुपर्ने कुरामा कसैको दुईमत नहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?