सेनाले हटायो भोजपुरको घरमा झरेको पहिरो

फाईल तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । अविरल बर्षाका कारण घरमा झरेको पहिरो नेपाली सेनाले हटाएको छ । भोजपुरमा रहेको नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरले भोजपुर नगरपालिका वडा नम्वर १० भैसिपंखाका तीन घरमा झरेको पहिरो हटाएको छ ।

विपत जोखिम न्यूनिकरणसँगै थप क्षति हुनबाट जोगाउन नेपाली सेनाले आवश्यक सहयोग गरेको गणले जनाएको छ ।

गणमा कार्यरत नेपाली सेनाको टोलीले राज कुमार राई, बुद्धि हाङ राई र राम बहादुर राईको घर नजिकै अविरल वर्षातका कारण खसेको पहिरो हटाएको छ । गणमा कार्यरत सहसेनानी सञ्जीव खत्रीको कमाण्डमा खटिएको २५ जनाको सेनाको टोलीले पहिरो हटाएको हो ।

सेनाले स्थानिय जनप्रतिनिधि, स्थानियबासी सहितको सहभागीतामा घर क्षेत्रको पहिरो पूर्णरुपमा हटाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?