हुथी समूहद्वारा दुई अमेरिकी जहाजमाथि आक्रमण

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

यमन । यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजहरूमा आक्रमण गरेको जनाएको छ ।

समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रशारित टेलिभिजन बयानमा, हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाजहरू सी च्याम्पियन र नाभिस फोर्टुना बिरुद्धको आक्रमणहरूरहेको बताएको छ । सारियाकाअनुसार आक्रमणले विगत २४ घण्टामा हुथी अपरेसनको कुल संख्या चार पुगेको छ ।

पहिलोले बेलायती जहाजलाई निशाना बनाएको थियो । जसको परिणामस्वरूप पूर्ण रूपमा डुबेको थियो । हामासमाथि इजरायली आक्रमण र गाजा स्ट्रिपमा प्यालेस्टाइनी जनतामाथिको घेराबन्दी नहटाइएसम्म लाल सागर र अरब सागरमा कारबाही बढ्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?