✍️ जनक रावल
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ निकै तामझामका साथ आमजनमानसको दिमागमा छाप पार्न सफल विज्ञापन हो यो । यो केवल विज्ञापनमै सीमित रहयो, न कसैको साथी बन्न सक्यो, न त राम्रो नै । नेपाली कलाजगतका महानायक राजेश हमाल र नायिका केकी अधिकारीलाई कम्मर मर्काई मर्काई नाच्न लगाएर ‘आम्मा मा मा’ भन्दै चामात्कारिक रूप देखाउने बैंक पनि उही नै हो । आफ्नो स्थापनाको छब्बीसौं वर्षा मनाउँदै गर्दा बैंक डुब्ने र नेपाल राष्ट्र बैंकबाट कारबाही भोग्ने अवस्थामा पुगिसकेको छ । जुन अवस्थाको कारण खराब कर्जा भनिएको छ तर खराब कर्जा नभइकन संस्थापक र सञ्चालकहरूको खराब नियत हो भनेर भन्न सकिन्छ ।
२६ वर्षअघि एनआईसी बैंकको नामबाट स्थापित पहिलो कमर्सियल बैंकले एघार वर्षअघि तात्कालीन बैंक अफ एसियालाई आपूmमा गाभेर एनआइसी एसिया बैंकको नामले एकीकृत कारोबारको थालनी गरेको थियो भने नेपालमा बैंकिङ इतिहासमै यो नै पहिलो मर्जर थियो र निजी क्षेत्रबाट सञ्चालित पहिलो ठूलो बैंक बन्न सफल भएको थियो । नेपालभरि ३६० शाखा कार्यालय, ६७० एटीएम, ११५ विस्तारित काउन्टर र ५१ वटा शाखारहित काउण्टर सञ्चालन गरिरहेको बैंक खराब कर्जा उठाउन नसक्दा र कर्मचारीको खर्च धान्न नसक्दा पचासभन्दा बढी शाखा तथा एक्स्टेन्सन काउन्टरहरू बन्द गर्ने अवस्थामा आइपुगेको समाचारले नेपाली अर्थबजारमा तरंग उत्पन्न गरेको छ भने खण्डन गर्दै बचाउमा लागेको देखिन्छ बैंक सञ्चालक समिति । तर, लगत्तै बैंकका डेपुटी सिइओको राजीनामा आएपछि भित्रभित्रै बैंक समस्याग्रस्त रहेको भन्ने कुरालाई पुष्टि गर्दछ ।
बैंकले सरकार र राष्ट्र बैंकबाट हुने कारबाहीबाट जोगिन खराब कर्जा असुलीका नाममा केही ऋणीहरूका विरुद्ध नेपाल राष्ट्र बैंकमा मुद्दा दायर गरेको देखिन्छ भने राष्ट्र बैंकले निरन्तर यस बैंकमाथि निगरानी बढाउँदै गएपछि यथार्थ बाहिरिन पुगेको छ ।
यो त्यही बैंक हो जसले नेपाल राष्ट्र बैंकको निर्देशनलाई सधैं चुनौतीमात्र दिँदै आएको थियो । कहिले ऋणीहरूबाट पैसा असुली गर्न गुण्डा परिचालन गर्ने, कहिले ऋणीलाई घरभित्रै थुनेर राख्ने, कहिले ब्याजदर नीतिलाई उल्लंघन गर्दै मनोमानी गर्दै आएको बैंक हो । धेरैलाई थाहा नहुन सक्छ, यस बैंकको सञ्चालक, लगानीकर्ता व्यापारिक घराना विशाल ग्रुप हो । त्यही ग्रुप हो जसले नेकपा एमालेको केपी ओली सरकारका अर्थमन्त्री तथा पूर्वगर्भनर युवराज खतिवडालाई खरिद गरेर सर्वसाधारण तथा बच्चाले खाने दूधमा भन्सार बढाउन लगाई चक्लेटको भन्सार घटाउन बजेट निर्माणमा ठूलो चलखेल गर्न सफल भएको थियो । यो त्यही ग्रुप हो, काठमाडौंको केन्द्र नक्सालमा सञ्चालनमा रहेको आरएआई स्कुलमा लगानी गरेको छ र उक्त स्कुलका लागि भाडामा लिएको नेपाल बाल संगठनको सरकारी जग्गा हत्याएर बैंकमा धितो प्रयोजनका लागि प्रयोग गरेको छ ।
त्यसो त नेपालमा सञ्चालित निजी बैंकहरूका मालिक वा सञ्चालक सबै व्यापारिक प्रतिष्ठानका मालिक नै छन् । चौधरी समूहको नबिल बैंक, गोल्यान ग्रुपको एनएमबी बैंक, दुगड-खेतान समूहको लक्ष्मीसनराइज बैंक, केडिया समूहको सिद्धार्थ बैंक, विशाल ग्रुपको एनआइसी एसिया बैंक, आइएमई समूहको ग्लोबल आइएमई बैंक, ज्योति समूहको ज्योति विकास बैंकलगायत अधिकांश बैंक व्यापारिक घरानाबाट सञ्चालित छन् । एउटा घरानाको शेयर अर्को घरानाको बैंकमा सुषुप्त अवस्थामा छ, एकले अर्को बैंकबाट न्यूनतम ब्याजदरमा कर्जा आदानप्रदान गर्ने गरेका छन् । जुन कर्जा घरजग्गा कारोबार, उत्पादन र आयातमा बढी लगानी हुनेगरेको छ ।
बैंकले सरकार र राष्ट्र बैंकबाट हुने कारबाही बाट जोगिन खराब कर्जा असुलीका नाममा केही ऋणीहरूका विरुद्ध नेपाल राष्ट्र बैंकमा मुद्दा दायर गरेको देखिन्छ भने राष्ट्र बैंकले निरन्तर यस बैंकमाथि निगरानी बढाउँदै गएपछि यथार्थ बाहिरिन पुगेको छ । फलस्वरूप बैंक र बैंक सञ्चालक समितिको बदमासीका कारण राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने अवस्था सृजना भएको छ । यसो भन्दैमा बैंक सञ्चालक समितिलाई यत्तिकै उम्कन दिन भने नमिल्ने अवस्था छ ।
घर तथा जग्गा र गाडी कर्जाका लागि सस्तो ब्याजदरको प्रलोभन दिई ऋण लिन लगाउने र कर्जा लिएका ऋणीहरूले साँवा र ब्याज गरी तोकिएको किस्ता भुक्तान गरिसक्दा पनि घर तथा गाडी ऋणीका नाममा नामसारी नदिने, जग्गा फुकुवा नगर्ने र बढ्दो ब्याजदरका कारणले किस्ता थप गरिएको जानकारीको कागज ऋणीको हातमा थमाउने कार्य बैंकले गर्दै आएको छ । सोही प्रकरणका विवादित कर्जालाई बैंकले खराब कर्जाको नाम दिएको देखिन्छ । यी गतिविधिले बैंकको कर्जा खराब नभइकन नियत खराब भएको प्रष्ट बुझिन्छ ।
तुल्सीराम अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल, गणेशमान श्रेष्ठ, विजया स्वार लगानीकर्ता रहेको यस बैंकको प्रमुख कार्यकारी अधिकृत विलासी जीवन मन पराउने रोशनकुमार न्यौपाने हुन् । जसले बैंकलाई ग्राहकको न साथी बनाउन सके न राम्रो बनाउन सके । आफ्नो ऐयासी जीवनका लागि थुप्रै सर्वसाधारणको उठिबास लगाए । यतिखेर नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकमा निक्षेपकर्ताका रूपमा रहेका आमजनता चनाखो हुन जरुरी छ । केही समयअघि व्यापारी दुर्गा प्रसाईंले भनेजस्तै बैंक सञ्चालक नेपालका व्यापारिक घरानाहरूले राज्यको ढुकुटी सबै मुलुकबाहिर पु¥याइसकेका छन् ।
यस बैंकको लगानीकर्ता विशाल ग्रुपले पनि अधिकांश भारतीय उत्पादनहरू आयातको नाममा थुप्रै रकम अवैधानिक तबरले मुलुकबाहिर लगिरहेको हुनसक्छ, राज्यका निकायबाट अनुसन्धानको खाँचो छ । बैंकले न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराएको र राष्ट्र बैंकको नीति अनुरूप ब्याजदरमा भएको परिवर्तनले ब्याज बढ्न गएको तर्क राख्दै पाँच वर्षे कर्जालाई सात वर्षे, सात वर्षे कर्जालाई दश एघार वर्षे र पन्ध्र वर्षे कर्जालाई पच्चीस वर्षे बनाएको देखिन्छ । जसका कारण धेरै ग्राहकहरू मर्कामा परेका र उजुरी गर्ने आधिकारिक निकाय थाह नभएर अलमलिरहेको अवस्थामा छन् । यसले वास्तविक कर्जा चुक्ता भइसकेको तर बैंकले फर्जी रिपोर्ट पेश बनाउने गरेको प्रष्ट देखिन्छ । यस यथार्तले पनि कर्जा खराब नभइकन नियत खराब भएको ठोकुवा गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले गरेको अनुसन्धानमा बैंकले पुँजीकोष मिलान गर्न वासलात रिर्पोटमा १ खर्ब ३४ अर्ब रुपैयाँ फर्जी कर्जा देखाएको भेटिएको छ । जुन साँवा र व्याज गरी किस्ता तिरिसकेका ऋणीहरूको नाममा बाँकी देखाइएको हुनसक्छ । देशभरि थुप्रै शाखा खोल्ने र भ्रामक प्रचार गरी सर्वसाधारणलाई प्रभावमा पारी कैयनको उठिबास लगाउन बैंक तयार रहेको देखिन्छ । बैंकको खराब नियतले नैं बैंकले ३ अर्व ४१ करोडभन्दा बढी गैरबंैकिङ सम्पति आर्जन गरेको देखिएको छ । यतिखेर राष्ट्र बैंकले छिटोभन्दा छिटो हस्तक्षेप गरी वास्तविकता छानविन गर्न जरुरी छ । सर्वसाधारण निक्षेपकर्ता तथा सर्वसाधारण ऋणिहरूमाथि खराब नियत राख्ने बैंक, विशाल ग्रुप र सञ्चालक समितिलगायत बैंकको उच्चतह सबै कर्मचारीलाई कारबाही गर्न जरुरी छ ।
व्याजको किस्ता भुक्तान गरिसकेपछि ऋणीको नाममा कर्जा देखाइन्छ भने बैंक र सञ्चालकहरूको नियत खराब होइन र ? चालीस लाखभन्दा बढी ग्राहक भएको बैंकबाट सास्ती पाउने थुप्रै छन्, जसले कुनै निकास भेटेका छैनन् । यस्तो नियत खराब भएका बैंक र व्यक्तिलाई कारबाही गर्ने निकाय कुन हो ?
म आफैंले पनि ठोकुवा गरी भन्नुपर्दा बैंकका उच्च तहका कर्मचारी, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक खराब नियतका नै हुन् । यस बैंकको एउटा ग्राहकको अनुभवले बैंक खराब नियतको परिणामले डुब्दैछ भनेर भन्दछु । सन् २०१६ को सेप्टेम्बरमा बैंकका प्रतिनिधिले मलाई भेटेर आफ्नो बैंकसँग कारोबार गरिदिन अनुरोध गरे, त्यो समय एउटा राम्रो व्यापारिक प्रतिष्ठानको मुख्य पदमा म कार्यरत थिए र देशको एउटा अर्को प्रतिष्ठित वाणिज्य बैंकले मलाई व्यापारिक साझेदारको हैसियतले कर्जा उपलब्ध गराउँदै आएको थियो । त्यही थाह भएर पनि एनआइसी एसिया बैंकका केही शाखाबाट मलाई कर्जा लिइदिन प्रस्ताव आएको थियो ।
म आबद्ध उद्योगका लागि कर्जा आवश्यक नभएकाले व्यक्तिगत सम्बन्ध कायम गर्नलाई भए पनि सात वर्षे किस्तामा मैले गाडी कर्जा लिए । त्यो समयमा बैंकले ६.२५ प्रतिशत बैंकले मलाई गाडी कर्जा उपलब्ध गराएको थियो । प्रत्येक महिना किस्ता भुक्तान गर्दै जाँदा सात वर्षे अवधि पनि सकियो, बैंकबाट गाडी नामसारीका लागि कुनै पहल नै नभएपछि म आफैंले कर्जा लिएको शाखा कार्यालय धनगढीमा सम्पर्क गरे, शाखाबाट कुनै प्रतिक्रिया नआएपछि म बैंकको मुख्य कार्यालय थापाथली पुगे र उच्च तहका कर्मचारीसँग भेटघाट गरे, निवेदन लेखेर फर्किए । केही हप्तापछि म फेरि बैंक पुगे र कुरा दोर्याए ।
यसको पनि केही हप्तापछि मलाई धनगढी शाखाबाट फोन आयो र एउटा मेल आयो, जुन मेलमा किस्तालाई रिसेडयुल गरिएको थियो र सन् २०२७ को फेब्रुवरीसम्म तानिएको थियो, २०१६ देखि सात वर्षे किस्तामा लिइएको कर्जाको अवधि तन्काएर एघार वर्षे बनाइएको थियो । मैले थापाथली कार्यालयको कर्जा विभागमा सम्पर्क गरे र अब आफूले किस्ता नतिर्ने, राष्ट्र बैंकमा उजुरी दर्ता गर्ने, सरकारका अन्य सम्बन्धित निकायमा उजुरी पेश गर्ने र देशभरिका सञ्चारगृहका प्रतिनिधिहरू बोलाएर पत्रकार सम्मेलन गरेर बैंकको कर्तुत एजारगर गर्ने एक प्रकारको भाषा प्रयोग गरेपछि ‘होइन सर, त्यहाँसम्म पुग्नुपर्दैन, हामी हेर्छौं, हामी मिलाउँछौं, त्यसो गर्नुपर्दैन ’ भन्ने जवाफ प्राप्त भयो ।
आज मिडियामा बैंकका विषयमा विभिन्न समाचार आउँदा र मैले यो विचार लेखिरहँदासम्म पनि बैंकबाट कुनै जवाफ र निकास आएको छैन । तसर्थ कर्जालाई खराब कसरी भन्ने ? सात वर्षे सिमामा सावाँ र ब्याजको किस्ता भुक्तान गरिसकेपछि ऋणीको नाममा कर्जा देखाइन्छ भने बैंक र सञ्चालकहरूको नियत खराब होइन र ? म त एउटा उदाहरणमात्र हुँ, चालीस लाखभन्दा बढी ग्राहक भएको बैंकबाट सास्ती पाउने थुप्रै छन्, जसले कुनै निकास भेटेका छैनन् । यस्तो नियत खराब भएका बैंक र व्यक्तिलाई कारबाही गर्ने निकाय कुन हो ? समयमा सम्बन्धित निकायले हस्तक्षेप गर्ने र कारबाही गर्ने आँट किन गर्न नसकेको ? एनआइसी एसिया खराब आचरण भएका व्यक्तिहरूको झुण्डले भरिएको एउटा संस्था हो, सबै निक्षेपकर्ता अब सचेत हुन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच