काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी डा.आयुष्नोभा ढुंगाना मोडल तथा चिकित्सक हुनुहुन्छ । कलाकारिता र चिकित्सकीय पेशालाई एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगानाले बंगलादेशबाट एमबिबीएसको अध्ययन गर्नुभएको हो ।
संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकिहृयाटिक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उहाँले सयप्रतिशत क्रेडिट पाउनुभएको थियो । अहिले उहाँ हार्वर्डमै अटिजम पोष्ट ग्रेजुएशन क्रेडिट कोर्स गरिरहनुभएको छ ।
कलाकारितातर्फ उहाँले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ‘योङ सवटाइटल ट्रान्सलेट’ लगायतबाट विभिन्न अवार्ड प्राप्त गर्नुभएकोक छ । ‘मिष्टर एण्ड मिस नेशनल’तर्फ उहाँ मिस नेशनलको प्रतियोगी हुनुहुन्छ । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले उहाँ यो प्रतियोगितामा सहभागी हुनुभएको हो ।
प्रतियोगिताको अन्तिम २४ भित्र छानिन सफल ढुंगाना सबैभन्दा प्रभावशाली प्रतियोगीमा मानिनुहुन्छ । त्यसैले उहाँलाई उपाधिको दावेदारसमेत मानिएको छ । मोडलिङ र चिकित्सक पेशा एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा दुई दर्जनबढी राष्ट्रिय कलाकारसँग उहाँले अभिनय गर्नुएको थियो । ढुंगाना चिकित्सक पेशा समाजसेवाका लागि रोजेको बताउनुहुन्छ ।
‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगिताको फाइनल यही मे एक तारिखमा हुँदैछ । मिस नेशनलको निर्देशकमा डा.सन्तोष उपाध्याय हुनुहुन्छ । उहाँ मिष्टर नेशनलको अन्तर्राष्ट्रिय तेस्रो विजेता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच