काठमाडौं । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४ प्रतिशत अर्थात् सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्न एनआइसी एसिया क्यापिटलसँग सम्झौता गरेको छ ।
क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।
क्लासिक भ्यु रिसोर्ट काठमाडौंको बुढानीलकण्ठमा १९ रोपनी क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ । हालसम्म रिसोर्टको ६५ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्ट अध्यक्ष मुकुन्दराज कुँवरलगायत अन्य सञ्चालक तथा संस्थापक सेयरधनीको रियल इस्टेटलगायत अन्य व्यवसायमा एक दशकभन्दा बढीको अनुभव हासिल गरेको विज्ञ टिमद्वारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिकरूपमा समेत बलियो रहेकाले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच