
भोजपुर । पूर्व पर्यटनमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले शहिद परिवारसँग भेटघाट गर्नु भएको छ ।
बैशाख २ गतेबाट सुरु भएको मुन्दुम पदमार्ग यात्राका क्रममा किरातीले शहिदका परिवार र घाइते अपंगाहरुलाई भेट गर्नु भएको हो ।
किरातीले भन्नुभयो, “म यो अभियान वसन्त ऋतु भरी निरन्तर चलाउने छु । खासगरी जनुयुद्धको शहिदका परिवार र घाइते अपंगाहरुलाई भेट गरिरहेको छु, संगै बर्तमान राजनीति प्रति युवाहरुको बुझाई कस्तो छ भन्ने बिषयमा अन्तरक्रिया पनि चलाई रहेको छु ।”
बिगत ५ दिन देखि माओवादी नेता किरातीसहितको टोली मुन्दुम पदमार्ग यात्रामा छ । खोटाङबाट पार्टी नेता कार्यकर्तासँग भेटघाटमा निस्कनु भएका किरातीले सोलुखुम्बु, संखुवासभा र भोजपुरको संगमस्थलकारुपमा अवस्थित चार हजार तीन सय ५५ मिटर उचाईको सिलिचुङ पहाड पनि चढनु भएको थियो । सोही क्रममा त्यही स्थानमा किरात राईहरुको पूर्खा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण पनि किरातीले गर्नु भएको थियो ।
किरातीले अहिले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित विभिन्न गाउँहरुमा जनयुद्धका शहिद परिवार र घाइतेहरुसंग भेटघाट गरि रहनु भएको छ । नेता किराती गाउँगाउँमा पुग्दा माओवादी शुभेच्छुकहरुमा आशा पलाएको स्थानिय विकास राईले बताउनुभयो । नेता किरातीले शहिद परिवारलाई कपडा उपहार दिएर सम्मान समेत गर्नु भएको छ ।
किराती भन्नुहुन्छ, “माओवादी पार्टीको जरा भनेकै जनता हुन्, फेरिपनि जरामा फर्किएर आफ्नो तर्फबाट भएको कमजोरी प्रति समिक्षा गर्नै पर्छ । अन्यथा जरा र माटो छाडेपछि पात पहेल हुदैै जानेछ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच