काठमाडौं । कवि सबी श्रेष्ठको मुक्तककृति ‘अपरिभाषित आभा’ विमोचन गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले काठमाडौंमा एक कार्यक्रमबीच कृति विमोचन गर्नुभएको होे । मुक्तककार शेरचनले पछिल्लो समय नेपाली नारी स्रष्टाहरू मुक्तक विधामा निकै नै लागिपरेको जिकिर गर्नुभयो ।
लोकार्पित कृतिमाथि समीक्षकद्वय डा.रमेश शुभेच्छु र भारती न्यौपानेले मुक्तककार सबीले विभिन्न भावका चोटिला अभिव्यक्ति कृतिभित्र प्रस्तुत गरेको बताउनुभयो ।
उक्त अवसरमा आवरण प्रकाशनका कवि रमेश पौडेलले प्रकाशनमा नयाँ आयाम दिँदै गर्दा यो पृथक आकारको किताब निकालेको बताउनुभयो । यस किताबको आकार खल्तीमा राख्न मिल्ने पकेट साइजको सम्पूर्ण रंगीन कलेवरमा रहेको छ । मुक्तककार सबी श्रेष्ठले यूरोपतिर यस्ता किताब धेरै देखेको हुँदा आफूलाई पनि त्यस्तै किताब निकाल्न मन लागेको सुनाउनुभयो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको लोकप्रियता विश्वव्यापी बन्दै गएको उल्लेख गर्दै मुक्तककार सुनिल अधिकारीले पकेट साइजको कृति आकर्षक रहेको जिकिर गर्नुभयो । कार्यक्रममा लोकार्पित कृतिबाट कविहरू कल्पना काफ्ले, मीना चौलागाईं, सन्तोष अम्गाई र सीता रिजालले मुक्तक वाचन गर्नुभएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच