![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
कालीकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको १६औँ साभारणसभा यहीँ बैशाख १४ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघको कन्द्रीय समितिको सर्कुलर अनुसार कालीकोट शाखाको साभारणसभा तथा अधिवेशन बैशाख १४ गते हुने भएको हो ।
पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले सोमबार महासंघ कालीकोट शाखाको तर्फबाट आधिकारीक जानकारी गराउँदै साधारणसभाको मिति १४ बैशाखमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
केन्द्रीय सर्कुलर अनुसार विभिन्न जिल्लामा महासंघ शाखाले साधारणसभा गरिरहेका छन् । सोही अनुसार कालीकोट शाखाले पनि आफ्नो साधारणसभा गर्ने तयारी गरेको हो । महासंघ कालीकोट शाखाको १६ औँ साधारणसभा भने खाँडाचक्र नगरपालिका वडा नम्बर–१ को सभाहलमा हुनेछ ।
यसैबीच नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले साधारणसभा कार्यक्रमका अतिथि, केन्द्रीय प्रतिनिधि, साधारण सदस्य, राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत क्रियाशिल पत्रकारहरुलाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच