प्रदेश सभामुख भण्डारीलाई गृहजिल्लामा भव्य स्वागत

हिमालय टाइम्स
Read Time = 2 mins

-सुरेश धामी
बझाङ । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी गृहजिल्ला बझाङमा पुग्नुभएको छ ।

सभामुख भएपछि पहिलो पटक भण्डारी गृहजिल्ला बझाङ पुग्नुभएको हो । सोमबार बझाङ पुग्नुभएको सभामुख भण्डारीलाई स्थानीयले भव्य स्वागत गरेका छन् । साता लामो भ्रमण तालिका बनाएर भण्डारीलाई केदारस्युँ गाउँपालिकाका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

बझाङले दुई पटक प्रदेशको सभामुख पाएकोमा जिल्लाबासी खुसी छन् ।

जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया सहितको भ्रमण लिएर सभामुख भण्डारी बझाङ आउनु भएको हो । भण्डारीलाई वित्थडचिर गाउँपालिकाको देउलेखदेखि नै स्वागत गर्ने र बधाइ दिनेको लाम लागेको थियो । एमाले, माओवादी गठनबन्धन नेतृत्वको सरकारले भण्डारीलाई सभामुख बनाएको हो । सभामुख भएलगत्तै गृहजिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको स्थानीयसँगको भेटघाट कार्यक्रममा भण्डारीले बताउनु भयो ।

भण्डारीले निर्वाचन क्षेत्रमा जनता भेटघाट तथा सेतीलोकमार्गको समेत स्थलगत अनुगमन गर्ने उहाँको निजि सचिवालयले जनाएको छ ।

भण्डारी २०७९ को प्रदेश सभा सदस्यको निर्वाचनमा बझाङको निवार्चन क्षेत्र (ख) बाट विजयी हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?