हल्लाका पछि नलाग्नुस् यो गठबन्धन पाँच बर्ष रहन्छ : अर्थमन्त्री पौडेल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । नेकपा एमालेका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गर्नु भएको छ ।
अर्थमन्त्रीसमेत रहेका पौडेलले सत्ता गठबन्धनको सहयात्रा काँचो धागोमा अडिएको नभएको बताउँदै पाँच वर्षसम्म चल्ने दाबी गर्नु भएको हो ।

नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन पछि सन्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै उहाँले बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

नेपाली राजनीतिमा हल्ला एकतिर चल्ने बताउँदै उहाँले हल्ला चलेको ठिक उल्टो घटनाक्रम अगाडि बढ्ने गरेको बताउनु भयो । नीतिगत कार्यक्रमको एकतामा सरकार बनेको बताउँदै उहाँले गठबन्धन सरकार काँचो धागोमा अडिएको सहयात्रा नभएर सहयात्रा ५ वर्ष चल्ने बताउनु भयो ।

पौडेलले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने बताउनु भयो । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताउनु भएका मन्त्री पौडेलले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताउनु भयो ।

उहाँले अहिलेको अर्थतन्त्र सुधारका लागि पहल भईरहेको बताउनु भयो । बैङ्कको ब्याजदर बढेको भन्दै गुनासो बढ्दै गएको बताउँदै उहाँले ब्याजदर घटाउन सरकारले राष्ट बैङ्कसँग समन्वय गरीरहेको बताउनु भयो । उहाँले ब्यापारीले ढुक्क भएर ब्यापार गर्ने वातावरण गर्न सरकार लागि परेको बताउनु भयो ।

अर्थमन्त्री पौडेललाई ज्ञापन-पत्र

कैलाली उद्योग वाणिज्य सङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । उद्योगी व्यवसायीहरू मारमा परिरहेको र उनीहरूको समस्या समाधान गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुँवरले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पछिल्लो समय व्यवसायीहरू मारमा परेको बारे अर्थमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

उहाँले बैङ्कले बढाएको ब्याजदर घटाउनु पर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राख्नु भएको थियो । मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताउनु भएको थियो । उहाँले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरूका समस्याहरू हल गर्ने विषयमा छलफल गरिरहेको समेत जानकारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?