यस्तो छ तपाईंको चैत २८ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत्र २८ गते मंगलबार, ई.सं ११ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष पञ्चमी, ६ः४७ बजे उप्रान्त षष्ठी, नक्षत्र- ज्येष्ठा, योग- वरियान्, करण- तैतिल, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः४६, सूर्यास्तः १८ः२६ ।

मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

सिंह : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थ व्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?