काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् १५.४१ अंकले घटेको छ । दैनिक कारोबार रकमसमेत घटेर दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैयाँमा झरेको छ ।
यस दिन तीन सय २० कम्पनीका ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता सेयर कारोबार भएका छन् भने म्युचुअल फण्डबाहेक बाँकी समूहगत सूचक घटेका छन् । फाइनान्स सर्वाधिक २.१०, उत्पादन तथा प्रशोधनमूलक १.२०, विकास बैंक ०.९५ र जलविद्युत् ०.९१ प्रतिशतले घटेका हुन् ।
सर्वाधिक कारोबार भएको गोर्खाज फाइनान्सको सेयर ७ सय ५४ रुपैयाँ ६० पैसासहित ११ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १० लाख, सर्वोत्तम सिमेन्ट पाँच करोड ८४ लाख, सोनापुर मिनरल्स पाँच करोड ८९ लाख र आइएमई लाइफ इन्स्योरेन्सको चार करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ ।
कारोबार संख्या र कित्ता दुवैमा जोशी हाइड्रोपावर अगाडि रहेको छ । सोमबारदेखि कारोबारमा आएको पिपुल्स पावरको सेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेर छ सय ५० रुपैयाँ पुगेको छ भने दोल्ती पावरको सर्वाधिक ७.३७ प्रतिशतले घटेर चार सय ५१ रुपैयाँ १० पैसामा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच