काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई नै फर्काएको छ । अर्थ मन्त्रालयबाट सरुवा हुनुभएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाइ र मधु मरासिनीको स्वागतमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिवलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्यरूपमा लिनुपर्ने भन्दै कर्मचारीलाई उच्च मनोबलसाथ काम गर्न निर्देशन दिनुभयो । असल नियतसाथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उहाँको भनाइ थियो ।
अर्थमन्त्री पुनले निजी क्षेत्रको विश्वास जितेर लगानी वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न निर्देशन दिनुभयो । सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोजनाको निकासा दिन र अन्तरमन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउनुपर्ने उहाँको जोड थियो । सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच