काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कैलालीस्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएका कारण पठनपाठनको सहजताका लागि पोशाक प्रदान गरिएको बैंकले जनाएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच