बीपी स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत महशुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरिएको छ ।

गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?