नवलपरासीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नम्बर १८ मा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

भित्री सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ११३२ नम्बरको टिप्परले साइकल यात्रीलाई ठक्कर दिँदा रामग्राम १२ कुनवार बस्ने वर्ष ६० का गणेश प्रसाद हरिजनको उपचारका क्रममा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक र टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?