इलाममा उपनिर्वाचनको तयारी अन्तिम चरणमा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाम उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले आज नियुक्ती पत्र र सामग्री बुझेका छन । मतदानका लागि खटाइएका मतदान अधिकृत,सहायक मतदान अधिकृत,मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ती पत्र सँगै निर्वाचन खर्च र सामग्री बुझेका हुन् ।

उप निर्वाचन हुने मध्ये फाकफोकथुम, माङसेवुङ, चुलाचुली र माइ नगरपालिकामा खटाइएका कर्मचारी सामग्रीसहित आजै मतदान केन्द्रमा प्रस्थान गरेका छन ।

यस्तै इलाम र देउमाइ नगरपालिकामा खटाइएका कर्मचारी भोली विहानै आ-आफ्ना मतदान केन्द्र प्रस्थान गर्ने तयारी छ । इलाम २ मा उप निर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?