काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ । मंगलबारको पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १२१ रनको लक्ष्य बागमती प्रदेशले १४.५ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो ।
बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ३३ रन बनाउनुभयो भने शुभ कंसाकार र इशान पाण्डेले समान २८ रन जोड्नुभयो ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली प्रदेश दुई बलअगावै १२० रनमा समेटिएको थियो ।
विपिन शाहीले बनाएको ५१ रन नै कर्णालीका लागि सर्वाधिक रहृयो । अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
बागमतीका लागि गौतम केसीले पाँच विकेट लिनुभयो । उहाँले ३.४ ओभरमा १८ रन दिनुभयो । सोनु देवकोटा र रिजन ढकालको नाममा समान दुई विकेट रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच