इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरुले जीति सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताउनु भएको छ ।
इलाम उपनिर्वाचनको मौन अवधी शुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहद आमसभामा बोल्दै वाग्लेले चुनाव जिति सकेको बताउनु भएको हो । ‘राजनीति भनेको अंकगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिति सकेका छौँ ।’ वाग्लेले भन्नुभयो ।
रास्वपाको तनहुँबाट संघीय सांसद रहनुभएका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय हुुनुहुन्छ । बुधबार राति १२ बजेबाट निर्वाचनको मौन अवधी शुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बाजरमा बृहद आमसभाको आयोजना गरेको छ ।
मन्तब्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरुले अफवाह फैलाई रहेको बताउँदै, उहाँले पुराना दलहरु पराजयबाट तर्सिएको बताउनु भयो।
‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन् ।’, उहाँले भन्नुभयो ।
इलामको चुनावी प्रचार प्रचारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच