ओखलढुंगा । भूकम्प गएको नौ वर्ष बितिसक्दा पनि भूकम्प पीडितले अझै राहत पाउन सकेका छैनन् । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पका पिडितहरुले अझै राहत रकम पाउन नसकेका हुन् ।
नेपाल सरकारले भूकम्पका कारण पुर्ण क्षति भएका घरहरुलाई आवास निर्माणका लागि किस्ता–किस्ता गरेर तीन लाख रकम राहत उपलब्ध गराएको थियो । पुर्ण क्षति र आँशिक क्षति गरेर दुई तरिकाबाट राहत रकम उपलब्ध गराएको थियो । पुर्ण क्षतिमा परेका घरहरुलाई अर्काे भूकम्प प्रतिरोधी नयाँ घर बनाउन उपलब्ध गराउने भनेको रकम अझै पाउन सकेका छैनन् । भुकम्प प्रतिरोधी घर बनाउन पहिलो किस्ता वापत ५० हजार घरको डिबिसी गरिसके पश्चात २ लाख र घर निर्माण सम्पन्न भएपश्चात बाँकी १ लाख रकम उपलब्ध गराउदै आएको थियो । २०८० साल असार मसान्त सम्ममा लाभग्राही छनौटमा परेका ओखलढुंगा, सोलु र खोटाङ जिल्लाका ७ सय ७५ घरधुरीले राहत रकम पाउन सकेका छैनन् ।
पहिलो किस्ता नै राहत रकम नपाउने ओखलढुंगाका १८ घरधुरी, सोलुखुम्बुका २४ घरधुरी र खोटाङ्गका २१ घरधुरी गरी जम्मा ६३ घरधुरी रहेका छन् । पहिलो किस्ता पाएका तर दोश्रो किस्ता नपाएका ओखलढुंगाका १ सय ३७ घरधुरी, सोलुखुम्बु ५४ घरधुरी र खोटाङ्ग ५३ घरधुरी गरी जम्मा २ सय ४४ घरधुरी रहेका छन् । त्यसै गरी पहिलो र दोश्रो किस्ता प्राप्त गरेका तर तेश्रो किस्ता प्राप्त गर्न नसकेका ओखलढुंगाका १ सय ४९ घरधुरी, सोलुखुम्बुका १ सय १८ घरधुरी र खोटाङ्गका १ सय ३३ घरधुरी गरी जम्मा ४ सय घरधुरीले तेश्रो किस्ता पाउन सकेका छैनन् ।
घर प्रबलीकरण गर्नेमा पहिलो किस्ता ५० हजार पाएका तर दोश्रो किस्ता ५० हजार नै पाउन बाँकी रहेका ओखलढुंगामा ३, सोलुखुम्बुमा ११ र खोटाङ्गमा ५४ घरधुरी गरी जम्मा ६८ घरधुरी रहेका छन् ।
तीन वटै जिल्लाका पहिलो किस्ता रकम ३१ लाख ५० हजार रकम पाँउन बाँकी रहेको छ । दोश्रो किस्ता ३ करोड ६६ लाख र तेश्रो किस्ता ४ करोड वितरण गर्न बाँकी रहेको छ भने प्रबलीकरणको दोश्रो किस्ता वापत ३४ लाख रकम वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएका छ ।
असार मसान्त सम्ममा लाभग्राहीमा परेका नागरिकले पाउनु पर्ने जम्मा रकम ८ करोड ३१ लाख ५० हजार रहेको सघन शहरी तथा भवन निर्माण कार्यालयले जानकारी दिएको छ । सघन शहरी तथा भवन निर्माण कार्यालयले २०८० असार मसान्त सम्ममा लाभग्राही छनौट गरेर सिफारीश गरेको तर राहत रकम मन्त्रालय बाटै नआएकाले पिडितलाई वितरण गर्न नसकेको कार्यालयका प्राविधिक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
२०८० असार मसान्त भन्दा पछाडी सिफारिसका लागि निवेदन लिएका र कार्यालयमा आउने गरेको तर मन्त्रालयले लाभग्राही छनौट गर्नु भनेर परिपत्र नगरेकाले निवेदन दर्ता नगरेको पनि जानकारी दिएका छन् । किस्ता वापतको रकम भुक्तानीका लागि दैनिक जसो फोन आउने र कार्यालयमा पनि लाभग्राही आईरहने गरेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । यता रकम पाउने आशाले भूकम्प प्रतिरोधी नयाँ घर बनाएका भूकम्प पिडित भने रिणले चुर्लुम्म डुबेका छन् । आफु सँग एक रुपैयाँ पनि नभएका तर घर बनाउनै पर्ने भएका पिडितले साहुसँग रिण गरेर घर बनाएका थिए । तर सरकारले दिनु पर्ने राहत रकम उपलब्ध नगराएपछि ति पिडितहरु साहुको रिणले झन पिडित भएका छन् । ‘सरकारले राहत रकम दिने आशमा घर बनाई हाल्यौ, अहिले राहत पनि आएन, रिण फिर्ता गर्न नसकेर घरखेतले पनि नपुग्ने भएको छ ।; भूकम्प पिडितको गुनासो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच