काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिको नेतृत्व चयन भएको छ । चेम्बरअन्तर्गतका २४ विभागको सभापति चयन भएको हो । विपद् व्यवस्थापन परिषद्को सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ तथा रोजगारदाता परिषद् सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठ चयन भएका छन् । उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ वस्तुगत समन्वय परिषद्, नीलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद् एवं सन्तोषकुमार पाण्डे जिल्ला समन्वय परिषद् सभापति रहेका छन् । मानार्थ उपाध्यक्ष अर्जुनप्रसाद शर्मा अन्तर्राष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन हुनुभएको छ ।
उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समिति सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ, राजस्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लब तथा मर्मत सम्भार समिति सभापतिमा राजारत्न तुलाधर, मेला समितिमा राष्ट्रभूषण चाकुबजी, कृषि जडीबुटी तथा वनजन्य समितिमा कृष्णमान श्रेष्ठ र उद्योग वाणिज्य समिति सभापतिमा भीमलाल पौडेल रहेका छन् ।
सूचना प्रचारप्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रवद्र्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बर सभापतिमा दीपेश तुलाधर रहेका छन् ।
पूर्वाधार तथा भूमिसुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा बिमा समिति सभापतिमा मनोहरदास मूल, ऊर्जा समिति सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रवद्र्धन समिति सभापतिमा सञ्जयकुमार अग्रवाल, खेलकुद समिति सभापतिमा रूपक राजवंशी, सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ रहेको चेम्बरले जनाएको छ । यसअघि सल्लाहकार परिषद्को अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच