काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।
गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भवाना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुट वर्षादेखि हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच