काठमाडौं । गर्मी मौसममा धेरै स्वास्थ्य समस्या देखिने गर्छन् । हाम्रो अस्वस्थ जीवनशैली र खानपानले स्वास्थ्य समस्यालाई बढवा दिन्छ । यो मौसममा स्वस्थ बानीहरूमा ध्यान केन्द्रित गर्नुपर्छ ।गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ ।
छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या गर्मी मौसममा धेरै देखिन्छ । गर्मीमा शरीर आलस्य हुन्छ, थकाई लाग्छ, काम गर्न जाँगर चल्दैन ।
यदपी गर्मी मौसम आफैमा खराब भने होइन । मौसम अनुसार हामीले हाम्रो बानीहरु निमार्ण गर्नसक्नुपर्छ । मौसम अनुसार खानपानमा ध्यान दिनुपर्छ ।आज हामी गर्मी मौसममा स्वस्थ रहन अपनाउनु पर्ने उपायहरुको बारमो चर्चा गर्दैछौं ।
गर्मीको खानपिन
- गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्छ ।
- अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।
- गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ।
- मिठाईको बदलामा फलफूल खानुपर्छ ।
- बिहान उठेको एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रिन टी सेवन गर्नुपर्छ ।
- बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।
- बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन ।
- गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।
- गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।
- गर्मीमा दैनिक रूपमा कम्तीमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनुपर्छ ।
गर्मीमा कस्तो पहिरन लगाउने ?
- हल्का र खुकुलो पहिरन लगाउनुपर्छ ।
- सेतो वा उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ ।
- शारीरिक सरसफाइमा ध्यान दिनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच