साेह्राैँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो : उपप्रधानमन्त्री यादव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भएपनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुभयो । उहाँले उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताउउनु भयो । उहाँले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताउनु भयो ।

उहाँले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६ औं पञ्चवर्षीय योजनामा नराखिएको बताउनु भयो । उहाँले नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? भन्नेकुरा पनि प्राथमिकतामा नपरेको बताउनु भयो । उहाँले रम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा विकास सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिन्छ र बाहिर जाने म्यानपावरबाट जान्छ, उनीहरुलाई आफ्नै देशमा रोक्ने ठूलो सेक्टर कृषि हो । तर प्रमुख प्राथमिकतामा कहिल्यै कृषि परेन । नेपाल कृषिप्रधान भन्यो र सबैकुरा बाहिरबाट किनेर ल्याउने अवस्था भयो । उद्योगहरु दोस्रो कुरा हो । विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु जहाँ लाखौँ रोजगारी पाएका थिए, ति उद्योगहरु बन्द भएका छन्, गलत नीतिका कारण । निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिएर ति उद्योगहरु सबै बन्द भएका छन् । त्यसलाई कसरी सञ्चालन गर्ने ? र नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? त्यस विषयमा प्राथमिकतामा पर्नुपर्छ । हामीसँग ठूलो सम्भावना भएको पर्यटन हो । हाइड्रो हो । यति विकास गर्नसके पनि मुलुकमा गरिबी र बेरोजगारी रहँदैन । तर मैले त्यो प्राथमिकतामा राखेको पाइनँ । वा मैले नबुझेर हो की ? तर मैले यसमा मुख्य प्राथमिकतामा देखिनँ । मुख्य प्राथमिकता कृषि हो, कृषिसँग जोडिएका सिंचाई लगायतका हुन्छन् । परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा सम्भव छैन ।’

उपप्रधानमन्त्री यादवले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रुपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रुपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको बताउनु भयो । संघीयता कमजोर भएर प्रदेशलाई अपाङ्ग बनाएर विकास हुन नसक्ने बताउनु भयो । उहाँले १६ औं पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरु रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?