पाँचौं संस्करणको सगरमाथा म्युजिक अवार्ड असोज २६ मा हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पाँचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड-२०८० असोज २६ गते शुक्रबार हुनेभएको छ । संस्थाद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै असोज २६मा चलचित्र विकास बोर्डको हलमा अवार्ड समारोह हुने जानकारी गराइएको हो ।

अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरू प्रतिस्पर्धामा छन् । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रूपमा छ ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण भव्य रूपमा सम्पन्न भइसकेका छन् । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एकजना विशिष्ट व्यक्तिलाई लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने एकजना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिनुका साथै गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?