लण्डन । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज बार्सिलोनामै रहने हुनुभएको छ । जाभीले क्लबसँगको सम्झौता सन् २०२५ को जुनसम्मका लागि नवीकरण गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि उहाँले जनवरीमा सिजनको अन्त्यसँगै क्लबको जिम्मेवारी छाड्ने घोषणा गर्नुभएको थियो ।
जाभीले सन् २०२१ मा कतारी क्लब अल सादको जिम्मेवारी छोड्दै बार्सिलोनामा आउनुभएको थियो । जाभी मुख्य प्रशिक्षक बनेको पहिलो सिजन नै बार्सिलोनाले ला लिगाको उपाधि जितेको थियो । तर, जारी सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोना ला लिगामा शीर्षस्थानको रियल म्याड्रिडभन्दा ११ अंकले पछि छ । गएको हप्ता क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्ध पराजित भएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट समेत बाहिरिएको थियो ।
बार्सिलोनाबाट खेलाडी करिअरमा २५ उपाधि जित्नुभएका जाभीले जनवरीमा भियारियलविरुद्ध पराजित भएपछि क्लबको जिम्मेवारी छोड्ने घोषणा गर्नुभएको थियो । तर, त्यसयता भने बार्सिलोनाले घरेलु लिगका १० खेलमा अपराजित यात्रा कायम गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच