
काठमाडौं । विसं. २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार घोषणा गरिएको छ । ‘छिन्नलता गीत पुरस्कार गुठी’को साधारणसभाले उक्त पुरस्कार घोषणा गरिएको हो । गुठीका सचिव गीतकार दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार २०७९ सालको छिन्नलता गीत पुरस्कारहरू गीत रचनातर्फ भूषण खरेल, संगीत रचनातर्फ मनराजा नकर्मी, गायनतर्फ शिव परियार तथा लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेल (परेलीमा बसुँ कि कलेजीमा बसुँ...)लाई समर्पण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, २०८० सालको छिन्नलता गीत पुरस्कारमा गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीत रचनातर्फ चण्डी काफ्ले, गायनतर्फ मनिला सोताङ र लोकप्रिय युवा प्रतिभा पुरस्कार भूपू पाण्डे (पिरैपिर...)लाई समर्पण गर्ने निर्णय गरिएको छ ।
गुठीका अध्यक्ष प्राडा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न साधारणसभाले उक्त निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विसं २०७९ सालदेखि छिन्नलता गीत पुरस्कारको राशि ५० हजारबाट वृद्धि गरी एक लाख रुपैयाँ गरिएको र छिन्नलता युवा प्रतिभा पुरस्कारको राशि पनि ३५ हजार रुपैयाँबाट ५० हजार पु¥याइएको विज्ञप्तिमा उल्लेख छ ।
निर्णय गरिएका पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति, आगामी हरिशयनी एकादशीका दिन २०८१ साल साउन २ गतेका दिन विशेष समारोहबीच काठमाडौंमा समर्पण गरिने विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच