टेबुल टेनिसमा सुस्मितालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदम जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११-९, ११-३, ११-९ र ११-८ को सोझो सेटमा पराजित गर्नुभयो । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेस्रो हुनुभयो ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्या मन्दिर (एभिएम)का सुजन गडालले एपीएफ क्लबका राजीव चिकवन्जरलाई ११-६, ११-८, ११-९, ९-११ र ११-७ तथा बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोड स्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११-९, ११-९, ११-७ र ११-७ को सेटमा हराउँदै फाइनल भेट पक्का गर्नुभयो ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गर्नुभयो । सो अवरसमा आयोजक संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, ओलम्पिक कमिटीका पदाधिकारीलगायतको उपस्थिति थियो ।

क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित प्रतियोगितामा १७५ खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाउनुभएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?