
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले चलचित्र ‘लेबर’ को घोषणा गर्नुभएको छ । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने निर्देशक झाले बताउनुभयो । चलचित्रलाई मैथली भाषामा तयार गरिँदै छ । यद्यपि नेपाली र भोजपुरीमा स्वरांकन गरेर प्रदर्शन गरिने बताइएको छ ।
सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह-निर्माता रहेको चलचित्रलाई निर्देशक झासँगै नरेश मिश्राले लेख्नुभएको हो । उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले जानकारी गराउनुभयो ।
चलचित्रमा प्रवेश मल्लिकको संगीत तथा पाश्र्वसंगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहेको निर्माणपक्षले जनाएको छ ।
चलचिको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रवीणकुमार रावत प्रथम सहायक निर्देशक रहेको चलचित्र ‘लेबर’लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच