![अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/internet-logo-hita.jpg)
काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) को २५औँ कंग्रेस आगामी भदौको अन्तिम साता नेपालमा हुने भएको छ । स्पेनको सान्ता सुसानामा बसेको एआइपिएस एसियाको बैठकमा नेपाल खेलकुद पत्रकार मञ्चलाई कंग्रेस आयोजनाको जिम्मा दिएको हो । बैठकमा नेपालसँगै मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेका थिए ।
एआइपिएस एसियाको कंग्रेस यसअघि कतार, दक्षिण कोरिया, चीन, साउदी अरेबियाजस्ता सक्षम राष्ट्रहरूले मात्र गरिरहेकोमा नेपालले पाएको यो पहिलो अवसर हो ।
मञ्चले यसअघि सन् २०१६ मा एआइपिएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो । कंग्रेसमा एसियाली राष्ट्रका ३० भन्दा बढी खेलकुद पत्रकार उपस्थित हुनेछन् । त्यसमा अरू राष्ट्रका पत्रकार पनि सहभागी हुने बताइएको छ ।
नेपालले आयोजनाको जिम्मा पाएपछि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले विगतमा मञ्चले गर्दै आएका कार्यक्रम देखेर पहिलोपटक सानो सदस्य राष्ट्रलाई जिम्मेवारी दिइएको भन्दै एआइपिएस एसियालाई धन्यवाद दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच