रेसुङ्गा नगरपालिका र दक्षिण कोरियाको इन्छन् महानगरपालिकाबीच भगिनी सम्बन्ध

हिमालय टाइम्स
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले दक्षिण कोरियाको इन्छन् महानगरपालिकासँग भगिनी सम्बन्धको प्रक्रिया सुरु गरेको छ । दक्षिण कोरियाको इन्छन् महानगरपालिकाका काउन्सिल चेयरमेन डा. हान सङ इललाई रेसुङ्गा नगरपालिकामा स्वागत गर्दै भगिनी सम्बन्ध स्थापनाका लागि विविध विषयमा छलफल गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको आग्रहमा रेसुङ्गा भ्रमणमा आउनुभएका दक्षिण कोरियाको इन्छन् महानगरपालिकाका काउन्सिल चेयरमेनसँग भगिनी सम्बन्ध कायम गर्दै कृषि, प्रविधि, पर्यटन र रोजगारीका विषयमा छलफल गरिएको छ ।

रेसुङ्गा नगरपालिकाले दक्षिण करियाको इन्छन् महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न डा.इलको भ्रमण फलदायी रहने नगरप्रमुख खिलध्वज पन्थी बताउनुभयो । विकास साझेदारी तथा द्विपक्षीय सहयोगका विषयमा छलफल समेत प्रारम्भ गरिएको उहाँले बताउनुभयो ।

यहाँका नागरिकलाई पेशा तथा रोजगारीसँग जोड्न प्रयासरत रहेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले यसका लागि आर्थिक तथा प्रविधिको आवश्यक रहेको बताउनुभयो । कृषिलाई आधुनिकीकरण गर्दै भगिनी सम्बन्धको माध्यमबाट भ्रमण तथा अनुदान र सहयोग आदान-प्रदान समेत हुने उहाँले बताउनुभयो । काउन्सिलर डा. इलसंगको शिष्टाचार भेट तथा छलफलले दुबै नगरपालिकाको बीचमा सुमधुर सम्बन्ध बनाउन टेवा पुर्याउने विश्वास लिएको नगरप्रमुख पन्थीको भनाई छ ।

दक्षिण कोरियाको इन्छन् महानगरपालिकाका काउन्सिल चेयरमेन डा.हान सङ इलले भ्रमण सुखद रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले रेसुङ्गा नगरपालिकामा भएका सम्भावनाहरू खोज्ने बताउँदै दक्षिण कोरियाको भ्रमणका लागि समेत आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?