गाउँपालिका अध्यक्षलाई तीन वर्ष ६ महिना कैद फैसाला

हिमालय टाइम्स
Read Time = 3 mins

बागलुङ । जिल्ला अदालत बागलुङले निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीलाई कैद फैसाला गरेको छ । गाउँपालिकाका अध्यक्ष घर्तीमाथी लागेको लागू औषध सम्बन्धी कसुर ठहर गर्दै तीन वर्ष छ महिना जिल्ला सजाय फैसला गरेको हो ।

अदालतका न्यायाधिस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथी लागेको लागूऔषध गाँजा/चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि सोमबार कैद तोक्न आदेश दिइएको थियो । आदेश अनुसार न्यायधिस भट्टले कैद र जरिवाना फैसला गर्नुभएको हो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्तीमाथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालिन अबस्थामै घरबाटै पक्राउ गरिएको थियो ।

बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा/चरेस/नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?