बिओकेले मुुद्दा जित्यो

Read Time = 1 min

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकतर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोबापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डु लिमिटेड (बिओके) ले जमानत भुक्तानीसम्बन्धी मुद्दा जितेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बिओकेलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापतको मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी दिएको अमेरिकी डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार चार सय ५३ बापतको रकम बिओकेले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?