कविता : नव वर्ष !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

चर्का आयात रोकी, मुुलुक अब उठोस् ! पौरखी सिर्जनाले ।
चर्का निर्यात बोकी, पर मुलुक पुुगौँ, जाँगरी तिर्सनाले ।।
पाखा बेँसी तराई, वन हिम थलमा, बान्किला स्वेद पोखौँ ।
जेजे फुल्छन् र झुल्छन्, फलफसल त्यही बीज बुुट्यान रोपौँ ।।

बाँझा जो खेतबारी, जल मल बलमा, उर्वरा बन्न सक्छन् ।
हाम्रा उद्योग साना, घरघर गतिला, मूल आधार तक्छन् ।।
पुुख्र्यौली सीपसङ्गै, अभिनव विधिका, यन्त्र आफै नचाई ।
नौला उत्पादनैले, मुलुक वदनमा, खुुल्न थाल्छन् हँसाइ ।।

आफ्नै माटो बिरानो, अतिसय टुुहुुरो, बन्न थाल्दैछ आज ।
तन्नेरीका इरादा, बुुझ प्रतिनिधिले, प्राप्ति होस् कामकाज ।।
आफ्नो धर्ती बनाए, युुगयुुगतक नै, सम्प्रभूू बन्छ देश ।
निस्वार्थी भाव राखी, श्रमसिप पसिना, पोत्न थालौँ स्वदेश ।।

धेरै धाकी रबाफी, गफसफ अति भो, देश धान्दैन आज ।
ऊर्जा औ स्रोत नाना, विधि-प्रविधि फुले देशको हुन्छ ताज ।।
स्वार्थी दम्भी लुटेरा, गण अब क्रमले, पर्छ पर्गेल्नुु पर्छ ।
टाढा टाढा पुुगेका, नव तरुणहरू ! फर्कने बन्नुुपर्छ ।।

यस्तै उम्मेद बोकी, अब नव दिनमा, देशलाई उचालौँ ।
भ्रष्टाचारी दलाली, लत हतपत नै, एकतामा फुकालौँ ।।
झर्ना पाखापखेरा, हिम-अचल नदी, बोल्दछन् बोट वृक्ष ।।
अर्काको दास हामी, कति दिन रहने, फर्क नेपाल फर्क ।।
समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?